दाङमा कांग्रेसले गर्यो शुभकामना तथा चियापान कार्यक्रम

दाङ :-   नेपाली कांग्रेसले दाङसहित देशैभर आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि नेपाली कांग्रेसले चियापानसँगै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हाे।

विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।
नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई जिल्ला सभापति किर्तिबहादुर खड्काले शुुभारम्भ गरेका थिए । उनले सबै राजनीतिक दल तथा पार्टीका नेता कार्यकर्तामा भाइचारा, शिष्टाचार, सुमधुर सम्बन्ध स्थापित गर्न कांग्रेस याे कार्यक्रम काेशेढुंगा हुने बताए ।

आइतबार दिउँसाे १ बजेबाट शुरू भएकाे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम बेलुकी ५ बजेसम्म चलेकाे थियाे । कार्यक्रममा जिल्लामा रहेका विभिन्न दलका नेता कार्यकर्ता तथा संघसंस्थामा प्रतिनिधिहरू सरिक भएका थिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद कृष्णकिशोर घिमिरे, क्षेत्रीय सभापति, सुशीला चौधरी, बुद्धिराम भण्डारी, जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, नेकपाका प्रदेश कमिटि सदस्य लक्ष्मण आचार्य, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसीलगायत अन्य नेता तथा कार्यकर्ताहरु सहभागि भए।

बिपीको निधनपछि पञ्चायत कालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञलगायत सबै एकै स्थानमा भेट्नलाई चियापान समारोहलाई अवसरका रुपमा लिइएको थियो । पछि अरु पार्टीले पनि कांग्रेसले शुरु गरेको चियापान समारोहलाई पछ्याउँदै गएको हो
चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा पनि सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस