रिपोर्टर्स क्लब दाङको दशै मिलन कार्यक्रम सम्पन्न

दाङ :-  रिपोर्टर्स क्लव दाङको आयोजनामा दशै मिलन तथा चियापान कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । हरेक बर्षझै यसबर्ष पनि क्लवले कोजाग्रत पूर्णिमाको दिन कार्यक्रमको आयोजना गरेको हो । क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता एव प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले यस बर्ष दशैमा कुनैपनि अप्रिय घटना ÷दुर्घटना नभएको दावी गदै जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न आफु लागेको बताए । उनले सम्भावित घटनालाई मध्यनजर गदै पर्वहरुमा सुरक्षा सतर्कता बढाएको बताए ।
साथै प्रमुख जिल्ला अधिकारि रिजालले विजयादशीमा जस्तै शुभ दिपावली लक्षित सुरक्षा व्यवस्था मजबुद बनाउने दावी गरेका छन् । जुवातास खेल्ने कार्य वढि हुने भन्दै त्यसलाई रोक्न आफुहरुलागि परेको बताए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जिल्लामा यस बर्ष दशैमा कुनै घटना नहुनुमा जिल्ला वासी सवैको सहयोग रहेको बताए । आफुहरुले बनाएको चार्डपर्व लक्षित सुरक्षा योजनामा सम्पुर्ण जिल्ला वासिहरुले आ आफनो ठाउँबाट सहयोग पु¥याएको हुदा घटना तथा दुर्घटना नभएको बताए । रिपोटर्स क्लव दाङका सल्लाहकार नारायणी रजौरेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन क्वलका महासचिव बिमल गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस