डाँगीको कुल पुजा सम्पन्न (फोटो फिचर)

दाङ :- नेपालको ३५ जिल्लामा बसोबास गर्ने करिब ९ लाख डाँगीहरुले आज दशैँको चतुर्थी तिथिको अबसर पारेर कुल पुजा गरेका छन् ।

यहीँ सिलसिलामा श्री बगेश्वरी डाँगी बन्धु ट्रस्टको केन्द्रिय कार्यालय दुधरास दाङमा आज ३५० घरधुरी डाँगीहरुले पुजारीहरु, तिर्थ बहादुर डाँगी मुल पुजारी,मान बहादुर डाँगी र पुर्ण बहादुर डाँगी लगाएत ३ जना पूजारीले कुल पुजा गरेको बगेश्वरी डाँगी ट्रस्टका सल्लाहकार भुप बहादुर डाँगीले बताउनुभयो ।

कुलपुजा असोजको महिनामा दशैँ र चतुर्थी तिथि पर्यो भने कुलपुजा गरिन्छ, अन्यथा गरिदैन। पुजा सामग्रीहरु : गाईको घ्यु १ सेर,एक हात लामो धागो बाट निर्मित बत्ती,४ माना चामल पुजागर्ने मन्दिरमा पोखलको रूपमा लैजाने चलन छ।

पुजा हुने तिथि देखि एकमहिना पहिले देखि सबै डाँगी बन्धुहरु माछा,मासु लगायतका कुनै तामसी भोजन नगरी बस्ने चलन परम्परा देखि चल्दै आएको छ।पुजा हुने दिन बिहानै सबेरै उठेर नुहाएर शुद्ध भै आफ्नो पोखल र भेटी लिएर जाने चलन छ।

कुल पुजा हुने स्थानमा पुगेर पोखल बुझाई सबै जम्मा भएका डाँगीबन्धुहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्दछन । चामल पिस्ने,चामल भुट्ने,घ्यु नाप्ने,बाती बनाउने,तरकारी काट्ने,खिर बनाउने,दर्ता चलानी गर्ने,कुपन बितरण गर्ने, बत्तीपाला राख्ने नम्बरीङ गर्ने लगायतका काम गर्ने जिम्मेवारी पुरा गर्ने चलन रहेकोे छ ।

यसरी बेलुकी सन्ध्या बत्ति बालेर सकिएपछि सबैलाई प्रसाद खुवाउने चलन छ । अनि रातभर बस्ने भजन किर्तन गरि बिहानै आ आफ्नो कुपन लिएर गै आफ्नो बालेको बत्ती बुझ्ने अनि आ आफ्नो घरको कुल देवताको थानमा राख्ने परम्परा देखि चलीआएको छ।

यदि कसैको शुभ छ भने, बेलुकी बालेको बत्ती र घ्यु बिहानसम्म जत्ती थियो, त्यत्तिकै रहने र अशुभ छ भने, बत्ति घ्यु दुबै घटने गरेको ट्रस्टका केन्द्रिय सदस्य राम कुमार डाँगीले बताउनुभयो ।

यसैगरी डाँगी बन्धुहरुको छोरीको बिहेपछी छोरा जन्मिएपछि मावलीहरुको कुल पुजामा रिती बमोजिमको पोखल र भेटी सहित मन्दिरमा दर्शन गराएको भान्जाहरुको भबिस्य अति नै सुध्रिने जनबिस्वास रहेकोे ट्रस्टका अध्यक्ष चतुरमान डाँगीले जलजला खबर संग बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस