नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं :-  नेपाल र चीनबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा ती सम्झौता तथा समझदारीपत्रमा सम्बन्धित देशका अधिकारीहरुले हस्ताक्षर गरेका हुन्।

सुरुङमार्ग  निर्माणदेखि नेपाल-चीन अन्तरदेशीय रेलमार्ग  निर्माणकाे सम्भाव्यता अध्ययनसम्मलाई सम्झौतामा समेटिएकाे छ।

नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डल बैठकले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो।

आइतबार होटल सोल्टीमा सम्पन्‍न उक्त बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री ओली र चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सीले गरेका थिए।

बैठकमा नेपाल–चीन बहुआयमिक सम्बन्धका सबै पक्षहरुमा छलफल गरिएको थियो। विगतमा दुई देशबीच भएका सन्धि तथा सम्झाैताको कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस