दोलखा मेलुङ गाउँपालिकामा २ दिने अालु महोत्सव सञ्चालन

दोलखा :- दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा २ दिने आलु महोत्सव आयोजना गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष आलु महोत्सव गर्ने कार्ययोजना तय गरेकामा यहि कात्तिक १ र २ गते मेलुङ गाउँपालिका वडा नम्बर ३ स्थित भुमेस्थानमा दुई दिने आलु महोत्सव आयोजना गरिने भएको हो ।महोत्सवबारे जानकारी गराउन सदरमुकाम चरिकोटमा आज आयोजीत पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले मेलुङ गाउँपालिकालाई आलुबाट आत्मनिर्भर बनाउँदै प्राङगारिक आलु उत्पादन गर्न, संकलन गर्न र प्रशोधन गरि विक्री वितरण गर्न, विभिन्न स्थानमा आलुको परम्परागत भण्डारण र आधुनिक प्रविधिको भण्डारण केन्द्रको व्यवस्था गर्ने लगाएतका उद्धेश्यका साथ आलु महोत्सव गर्न लागीएको जानकारी दिनुभयो । मेलुङ गाउँपालिकाले गरेको सर्वेक्षण अनुसार गाउँपालिकामा वर्षेनी करिव १ करोड रुपैयाँ बराबरको आलु उत्पादन भइरहेको छ ।गाउँपालिकाले आयोजना गर्ने आलु महोत्सवमा सहभागी हुन सम्पुर्णमा गाउँपालिकाका प्रवक्ता हिरा थोकरले अनुरोध गर्नुभयो । महोत्सवको कात्तिक १ गते ११ बजे ३ नम्बर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुहुनेछ । महोत्सवमा आलुका विभिन्न स्वादका परिकारहरुको खानको स्टल राखी उक्त परिकारको स्वाद चखाउने, मौसमी र वमौसमी तरकारीहरुको स्टल राखीने, विभिन्न सांस्कृतिक झाँकीहरुको प्रर्दसन पनि थियो ।

प्रतिक्रिया दिनुहोस