बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि बिहीवार नै मन्त्रिपरिषद् बैठकको निणर्यबारे सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति शी चिनफिङको आसन्न नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिने कि नदिने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको बताएका थिए।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले गृह मन्त्रालयले आज (शुक्रबार) सूचना जारी गर्ने बताएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।