दाङ :- रक्सीको नशामा चालकले चलाएको अटोले ठक्कर दिदा एक बालक सहित २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–८ कृष्णमन्दीर निबासी मोटरसाईकल चालक १९ बर्षका छबि डाँगी र पछाडी बसेका ९ बर्षका बालक अमृत विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए ।
घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर तर्फ आउँदै गरेको बा२३प ९६६७ नम्बरको मोटरसाईकललाई शान्तिदिप बोडीङ स्कुल नजिकै रा१ह ३९६७ नम्बरको अटोले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै भागेका चालक जुद्धबहादुर विकलाई स्थानीयले कृष्णमन्दीरबाट अटो सहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मदिराको नशामा लठ्ठीएका विकले आफनो नाम र अटोको नम्बर समेत भन्न नसक्ने अवस्थामा रहेको स्थानीयले बताए । विहानै मादकपदर्थ सेवन गरी अटो चलाउने चालकलाई कानुन अनुसरा कारबाही गर्ने प्रहरीले बताएको छ ।