डरभित्रका कोपिलाहरु

काठमाडौं :-   जब टीका लगाइदिइसकेपछि आशीर्वाद दिन उठेका माइलाबाका हात उनको शिर छोएर गाला मुसार्दै उनकै छातिको बाटो तल झर्छन अनि उनलाई लाग्छ अपराधी माइलाबा होइनन ,
अपराधी त यी चाडपर्व हुन
जो हरेकसाल नबिराइ आउने गर्दछन ।

जब स्कुलमा लाइन लगाउदा सर आएर लाइन बाङ्गो भयो भन्दै उनको कुम थप्थपाउदै उनको काखीको चेपको छेवैबाट आफ्नो हात तान्छन त्यो बेला उनलाई पटक्कै लाग्दैन बिद्यालय भनेको बिद्याको मन्दीर हो ।

दुकान्दार काका दुनियाँको नजर छलेर मौका पर्यो भने परै… बाट झम्टिन्छ उनलाई र उनका गालामा आफ्ना कामुक ओठ जति सक्यो रगड्छन ।
त्यतीबेला उनलाई दुकान्दार भन्दा अपराधी आफ्नै आमा लाग्छिन जसले उनलाई बार बार दुकान पठाउछीन ।

तैपनि उफ्फ सम्म नभनी उनलाई कि यो सब सहनु पर्छ कि सहनै पर्छ ।
किनकी कसैले उनलाई सुटुक्क भनेको छ तेजाबले अनुहार मात्र होइन सपना र हिम्मत पनि नराम्रो संग जलाउछ ।

प्रतिक्रिया दिनुहोस