काठमाडौँ : फेरी जुर्मुरायो दुर्गेश थापा बिच बिचमाको अपार सफलता पछि ”ह्याप्पी तिहार चिसो बियर ” लिएर नेपाली गीत संगीतमा अलि फरक गर्ने सोच लिएर अगाडी बढी रहेकोको दुर्गेश थापा अहिले फेरी देउसी भैलो दशैँ तिहार गित”ह्याप्पी तिहार चिसो बियर ” आएका छन् र उक्त गीत सार्बजनिक भएको छोटो समयमा निकै चर्चा बटुलेको छ । सायद भन्नेनै हो भने नेपाली गीत संगीत छेत्रमा राज गरिरहेका छन् । नेपाली भिडियो छेत्रमा जम्दै नेपाली चलचित्र पर्दामा समेत दुर्गेशको संगीत बिकेको छ ।
भन्ने हो भने दुर्गेश थापाका हरेक गित पछिल्लो समय नयाँ पिडीका युवा वर्गलाई लक्षित गरेर आउने भएकाले छोटो समयमा चर्चाको सिखर चुम्ने गरेका छन् । पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा रमाइला झलक सहित यो गीतमा देखीएको छ । दुर्गेश थापाको लय तथा दुर्गेश थापा र डिपी खनालको शब्द सृजना भित्र रहेको गितमा दुर्गेश थापाको सुमधुर आवाज रहेको छ ।ठमेलको क्लबमा छायांकन भएको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने बिकास ज्ञावालीले सम्पादन गर्नु भएको छ ।
शिब बिकले निर्देशन गरेको यस म्युजिक भिडियोमा दुर्गेश थापासंगै संगम शर्माको पनि दमदार अभिनय रहेको छ । संगम शर्मा पनि पछिल्लो समय निकै नै चर्चाको सिखरमा चुमेकी मोडल हुन् । शर्माले अभिनय गरेका दर्जनौ गीत बजारमा आएता पनि भगेरी गीतबाट एकाएक चर्चामा आएकी संगम यतिबेला उनका हरेक गित उतिकै चर्चा चुलिएका छन् । यस गीतमा पनि शर्माको उतिकै उत्कृष्ट अभिनय रहेको छ । आशा छ यो गीतबाट पनि शर्मालाई सफलताको खुट्किला पार गराउने छ । यो गीतमा दुर्गेश संगमसंगै रुद्र बोहरा,अर्जुन गौतम र साथीहरुको अभिनय रहेको छ । दुर्गेश थापाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । भिडियो