सिन्धुपाल्चोक बस दुर्घटना : चालकसहित ८ जनाको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । दशैं मनाएर खचाखच यात्रु लिएर काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा हालसम्म चालकसहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा शुक्रबार बिहान साढे नौ बजे बस दुर्घटना भएको थियो ।

इन्द्रावती गाउँपालिका ९ सिपाटार बाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान साढे ९ बजे दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा ६ जनाको घटनास्थलमा नै र दुई जनाको स्थानीय स्वास्थय संस्थामा उपचारको लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हेलम्बु यातयात समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । त्यस्तै कम्तीमा तिन जना बस भित्रै च्यापिएर रहेको अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । च्यापिएर रहेकाहरुलाई निकाल्नका लागि स्काभेटर लगिएको छ ।

कच्ची सडकको तिखु मोडबाट बस करिब २ सय मिटर तल पुगेको इन्द्रावती ८ का वडा अध्यक्ष मने माझीले जानकरी दिए । दुर्घटनामा मृत्यु हुनेमा चालक सहित अन्य एक जनाको मात्रै सनाखत भएको छ । सनाखत भएका मध्ये सिपाटारका विनोद लम्साल रहेका छन् । त्यस्तै बनेपा निबासी चालक केदार माझुको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा ३० बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रुहरु बसमा रहेको नेपालले जानकारी दिए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रुबढी भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस