जुवाको खालबाट साझा पार्टीका संयोजकसहित ६ जना पक्राउ

धनकुटा : इटहरीमा रहेको सिटी गेस्ट हाउसबाट जुवा खेलिरहेको अवस्थामा साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ।

सिटी गेष्ट हाउसभित्र तास खेल्दै गर्दा इटहरी ९ घर घएका संयोजक राम गिरीसहित सोही ठाउँका सरोज राउत, सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।

तासको खालबाट तीन लाख ६५ हजार ३६० रुपैयाँ नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ। इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस