निर्वतमान सभामुख महरा प्रेसरको समस्याले गर्दा अस्पताल भर्ना

काठमाडाैँ – संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि बलात्कार प्रयासको अरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वस्थ्यमा समस्यादेखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रहरीको उच्चको स्रोतले बताएको छ।

प्रहरीका अनुसार महानगरिय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराको स्वसप्रस्वासमा समस्या आएपछि नर्भिकमा भर्ना भएका छन्।

हिरासतमा नै रहँदा स्वासप्रस्वासमा समस्या आएपछि प्रहरीले हिरासतमै अक्सिजनको व्यवस्था गरेको थियो। तर, समस्या बढ्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ। उनलाई उच्च रक्तचाप र मधुमहेको समस्या छ।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको थियाे।

प्रतिक्रिया दिनुहोस