नयाँ पाइलामा शुभकामना आदान प्रदान

दाङ/ बडा दशै, शुभ दिपावली एवम छठको अवसर पारेर नयाँ पाइला पुनःस्थापना केन्द्रको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका कार्यक्रम निर्देशक सुरेश भुसालको अध्यक्षता एवम प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि ठाकुरले लागु पदार्थ दुव्र्यशनी रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । साथै चाडपर्वमा खाइने खाद्य पदार्थका कारण रोग बढ्ने भएकाले खानपिनमा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख हरिनाथ योगीले लागु पदार्थको कारोबारको मूख्य केन्द्रबिन्दु यस क्षेत्रभएकाले आफ्ना गतिविधि नियन्त्रणतर्फ उन्मुख हुने बताउनुभएको थियो । कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष रामबहादुर योगी, कार्यपालिका सदस्य देवराज विश्वकर्मा, महिला अधिकारकर्मी सुष्मा गिरी, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका सदस्य राकेश बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको थियो । स्रोत सक्षी खबर

प्रतिक्रिया दिनुहोस