म अव दाहोर्याएर सभामुख बन्दिनँ मलाई फसाउने षडयन्त्र हुँदैछ: नेम्वाङ

काठमाडौं :-  सभामुख कृष्णवहादुर महराले राजीनामा दिएपछि महराका छोरा तथा नेकपका नेताहरुले सभाम्ख पदमा जान पूर्वसभामुख सुवास नेम्बाङले सड’यन्त्र गरेको अरोप लगाउँर्दै सामाजिक संजाल मार्फत धम्कि दिएका छन्। नेम्बाङले राजीनामाको बैधानिकताका विषयमा गरेको टिप्पणीलाई लिएर महरा पुत्रले नेम्बाङमाथी अरोप लगाएका हुन्। महरा पदको भोगी होइनन्। आरोपित घ’टनाक्रम पुष्टि गर्न ।

नैतिकताका आधारमा राजीनामा लेखेका हुन्। महपुत्र विकासले लेखेका छन्, ‘कति छिटो आँ गरेर बसेको रु कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने रु धैर्य गर्नुस्। महराले जुनसुकै कारण भएपनि उनको राजीनामापछि प्रतिनिधिस भाको सभामुख को हुने रु भन्ने रस्साकस्सी सुरु भएको छ। महरा पुत्रले यस्तो अरोप लगाएपनि राजनीतिक बृत्तमासमेत नेम्बाङ सभामुख हुने चर्चा चलिरहेको छ।नेकपाले आन्तरिक रुपमा यसको योजना बनाएपनि सभामुखको रुपमा सबैभन्दा निकटबाट हेरिएका सुवास नेम्वाङले भने आफु यो पदमा नखाने घोषणा गरेका छन। उनले सभामुख बन्न इन्कार गरेपछि अब कसलाई सभामुख बनाउने भन्ने नयाँ बहस सुरु भएको छ ।

जनआन्दोलन–२ को सफलतापछि मैले पटक पटक सभामुखको भूमिका निर्वाह गरेको छुँ,’ नेम्वाङले भने, संविधानसभाको दुइपटक अध्यक्षता गरेर संविधान जारी गरिएको छ । अव म सभामुख बन्ने हैन, त्यो संविधान कार्यान्वय गर्ने हो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटको सम्बन्ध रहेका नेम्वाङलाई सभामुखको प्रमुख दाबेदार मानिएको भन्दै प्रचार गरिएको छ। तर, नेम्वाङले भने अब संविधान कार्यान्वयनको लागि क्रियाशिल रहने भन्दै सभामुख नवन्ने भन्दै मुख खोलेका छन। म अव दाहोर्याएर सभामुख बन्दिन, मललाई फसाउने सडयन्त्र हुँदैछ,’ नेम्वाङले भने।

सभामु्खका लागि नेकपा भित्र पुर्वमाओवादी खेमाका देव गुरुङ, गिरिराजमणि पोखरेल र पम्फा भुसाल लगायतका दावेदार देखिएका छन। तर, संविधानको अनुसार सभामुख र उपसभामुख फरक फरक दल र लिङ्गको हुनुपर्ने प्रावधानका कारण नेकपा उपसभामुख छाडेर सभामुखमा उम्मेद्वारी दिने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस