महरा र भ्रस्टाचारले पखेटा काटेको लोकतन्त्र

काठमाडौं :-  झट्ट हेर्दा हाम्रो लोकतन्त्र दलतन्त्रबाट पीडित भएजस्तो देखिन्छ, तर खासमा दलहरू आफैं नेतातन्त्र र गुटतन्त्रबाट आजित छन् ।
नेपाली लोकतन्त्रको सबभन्दा ठूलो शत्रु नै अहिले भ्रष्टाचार भएको छ। गल्ती लोकतन्त्रको होइन, उसका संवाहकहरूको हो, तर गाली उसैले पाइरहेको छ।
सिद्धान्ततः पार्टी भनेको पद्धतिमा आधारित हुन्छ। पार्टी पद्धतिलाई अंगाल्दा अनुशासनमा बस्नुपर्ने हुन्छ। भनेको कुरा पूरा गर्नुपर्ने हुन्छ। वैचारिक प्रस्थापनाअनुसार सरकार चलाउनुपर्ने हुन्छ। तर, पार्टीको निर्णय प्रक्रियामाथि नै कब्जा जमाउने हैसियत ‘बाहिर’–‘भित्र’ बाट मिलिसकेपछि त्यस्तो झन्झट केही बेहोरिरहनै पर्दैन। विडम्बनाको कुरा– अहिलेका स्थापितमात्र होइन उदीयमान भनिएका थुप्रै नेताले समेत यस्तै छोटो बाटो हिँड्ने सीप सिक्दैछन्
आज महरालाइ पढ्दा
महरासँग जोडिएका बिसयहरु
विवाद नम्बर १ : फ्रिक्वेन्सीको मूल्य कौडी बराबर
विवाद नम्बर २ : ५० करोडको टेप काण्ड
विवाद नम्बर ३ : मन्त्री बन्न अख्तियारको क्लिन चिट
विवाद नम्बर ४ : ६६ करोड गैरबजेटरी रकमान्तर
विवाद नम्बर ५ : निर्दोषलाई जनसेना हिरासतमा यातनाको आदेश
विवाद नम्बर ६ : लडाकुको नाममा बुझेको करोडौं बेरुजु
विवाद नम्बर ७ : चूडामणि शर्मासँगको उठबस्
विवाद नम्बर ८ : छोराको एनजीओमा चिनियाँ लगानी
विवाद नम्बर ९ : शङ्कास्पद भ्रमण, शङ्कास्पद भेट
विवाद नम्बर १० : मिडियाप्रति सधैं अनुदार
अझै पस्कदैजाँदा
३३ किलो सुन सभामुख कृष्णबहादुर महराको भएको समाचार सामाजिक संजालदेखि संचारमाध्यमहरुमा भइरल भएको थियो । उक्त समचार गत पुसमै दृष्टि साप्ताहिकले छापेको थियो। जतिबेला महरा अर्थमन्त्री थिए । पहिलो चरणमा पक्राउ परेका भरिया गोपाल शाहीको बयानका आधारमा तत्कालिन अर्थमन्त्रीको नाम ३३ किलो सुनसँग जोडिएको थियो । महराकै सेटिङमा उक्त सुन विमानस्थलबाट बाहिर आएको बताइएको थियो ।
समाचारमा माओवादी केन्द्र समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा सरुवा गरेर सुन तस्करीको सेटिङ गरेको बताइएको थियो । त्यसमा महराका छोरा निर्मल महरा ‘एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनर भएको बताइएको थियो ।
अब सुन कान्ड र उन्ले पालेका मारेका र पोसेकाहरुको लिस्ट हेरौं >>
१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७ गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे) । उनी ३३ किलो सुन तस्करीका नाइके हुन् ।
२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।
३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।
४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।
५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।
६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।
७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।
८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।
९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।
१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।
११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की
१२।.उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।
१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।
१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।
१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।
१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।
१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा। डेबिट भनिने छिरिङ वाङगेल घले ।
१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।
१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।
२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।
२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।
२२. भारतको पश्चिम बंगाल दार्ज्लििङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।
२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।
२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा।लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।
२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।
२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।
२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।
२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।
२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।
३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।
३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।
३२. भक्तपुरको सूर्यविनायक– ९, खत्रीगाउँका दोराम खत्री ।
३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।
३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।
३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।
३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।
३७. काठमाडौं–१८ का राजु महर्जन ।
३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।
३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।
४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।
४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा।लि।, न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।
४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।
४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।
४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।
४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।
४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली
४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।
४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।
४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा।लि। सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।
५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।
५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।
५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।
५३. भक्तपुरको सूर्य्विनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।
५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।
५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।
५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।
५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।
५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।
५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।
६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।
६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।
६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।
६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी ।
यो पनि भुल्न कहाँ सकिन्छर >
सञ्चारमन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित हुन भन्दा जनतालाइ रिण र बोझमा कान्डै कान्ड मच्चिए !!
अब U टर्न मारौं
जनमतकै बलमा संसदमा पुगेका महरा सभामुख बने । २०७४ फागुन २४ गते महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । तर २०७६ असोज १२ गतेको रात महराको लागि सायदै जीवनकै सबैभन्दा दुर्भाग्यपूर्ण रात बन्यो ।
अन्त्यमा
देस जनता र परिस्थिती भुली परिवार र नातागोताको मोजमस्ती अनि हिजो साइरन बजाउदैं हुँइकिने प्रहरी प्रसासन ले आज आफ्नै आँगन्बाट हत्कडी लगाउन पर्ने यो निरीह लोकतन्त्र ले नेपाली जनताको भबिस्य कस्तो बनाँउला ??
स्मरणीय : यदि यो घटना कुनै सम्मृद्द मुलुकमा घटेको भए के हुन्थ्यो होला टिप्पणी गरौं !!

प्रतिक्रिया दिनुहोस