छाडा पशुचौपाया व्यवस्थापन गर्दै तुलसीपुर उपमहानगरपालिका

दाङ:-  उपमहानगरपालिका वजार क्षेत्रमा रहेका छाडा चौपायाहरुको व्यवस्थापन गरिएको छ । सडकमा चौपायाहरु अव्यवस्थित हुँदा सडक व्यवस्थापनमा कठिनाई हुनुका साथै वजार क्षेत्र समेत कुरुप भएको थियो । चौपाया व्यवस्थापनका लागि उपमहानगरपालिकाले प्रभावकारी कदम अगाडि वढाउँदै लगेको छ । कार्यपालिका सदस्य दिपक कुमालको अग्रसरतामा वजार क्षेत्रमा रहेका ७० वटा चौपायाहरु तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौरामा रहेको तुलसी गौशाला संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो । उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि तुलसी गौशाला सहकारी संस्था गठन गरेर काम अगाडि समेत वढाइसकेको छ ।
चौपाया हस्तान्तरण गर्दै कार्यपालिका सदस्य दिपक कुमालले दशै लगत्तै वजार क्षेत्रभित्र रहेका सबै चौपायाहरुको व्यवस्थापन गरिने वताए ।उनले गौशालामा राखिएका चौयायाहरुलाई ट्यागिङ्ग गरिने समेत वताए ।

प्रतिक्रिया दिनुहोस