तिङ्लामा सवारी दुर्घटना एक जनाको मृत्यु १० जना घाइते

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ः २० को समयमा भएको दुर्घटनामा बोलेरो चालकको मृत्यु भएको हो ।सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो काठमाडौँ बाट नेचा जाँदै गएको बा १ ज ५३४२ नम्बरको जिप माथि खस्दा बोलेरोका चालक नेचासल्यान गाउँपालिका वडा नम्बर २ का अन्दाजि २१ बर्षीया लेख बहादुर खड्काको मृत्यु भएको हो । माथिल्लो मोडमा रहेको बोलेर तल्लो मोडमा रहेको जिप माथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । राति नै प्रहरी नायब उपरीक्षक नारायण चिमरीयाको नेतृत्वमा गएको प्रहरी टोलिले घटनास्थलमा पुगेर घाइतेको उद्दार गरिएको थियो । जिपमा सवार १० जना यात्रु घाइत भएको प्रहरीको भनाई छ । घाइतहरुको राति नै जिल्ला अस्पताल फाप्लुमा ल्याएर उपचार भइरहेको प्रहरीको भनाई छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस