olux

ओखलढुंगा जिल्ला कारागारका कैदीलाई सांसद सुनुवारको खसी सहयोग

ओखलढुंगा:- ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले दशैको अवसरमा जिल्ला कारागार ओखलढुंगाका कैदीहरुलाई खसी प्रदान गरेका छन।आज ओखलढुंगा जिल्ला कारागार पुगेर सांसद सुनुवारले खसी प्रदान गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।सांसद सुनुवारले आफू निर्वाचित भए देखी नै हरेक वर्ष कारागारमा रहेका कैदी हरु लाई दशैको अबसरमा सो सहयोग गर्दै आएका छन।उक्त अबसरमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य , कारागारका प्रतिनिधि , प्रहरी प्रमुख पुष्पराज मल्ल प्रतिनिधि , सिद्दीचरण नगरपालिकाका प्रमुख लगायतको उपस्तिथि रहेको थियो ।
उक्त अबसरमा बोल्दै सांसद सुनुवारले आवेस, अज्ञानता र परिबन्दका कारण अपराध गरेर कारागारमा रहेका बन्दीहरुलाई कारागार सुधार गृह रहेको बताउदै आएका सांसद सुनुवारले बन्दीहरुका समस्याका वारेमा अन्तरक्रिया पनि गरेका थिए ।सो अन्तरक्रियामा कारागारका बन्दीका नाइके नवराज बस्नेतले कारागार भवन जिर्ण रहेकोले धेरै समस्या भोग्नु परेको गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस