दाङ जसपुर प्रहरी चौकीले चाड पर्बलाइ मध्यनझर गर्दै सुरक्षामा कडाइ गर्ने

जसपुर प्रहरी चौकीले चाड पर्बलाइ मध्यनझर गर्दै शान्ती सुरक्षामा कडाइ गर्ने भएको छ ।

जसपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नेत्र बहादुर नेपालीको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरोकारवालाहरुको बैठकले दशै तिहारलाई मध्यनझर गर्दै मदिरा सेबन गरि होहल्ला गर्ने र जुवातास खेल्ने गतिविधिलाई पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

तुलसिपुर १० का वडा अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्र बहादुर वलि, १२ का अध्यक्ष सुर्य बहादुर डागि श्याम, वडा नम्बर ११ का वडा सदस्य सुबास डागि, ट्राफिक प्रहरी जसपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक लालबहादुर पुन, नेकपाका प्रतिनिधि हुकुम बस्नेत, खुशीराम चौधरी, नेपाली काङ्ग्रेसका इकाई सभापति बोधिलाल भण्डारी, महिला अधिकारकर्मी शुस्मा गिरि, स्थानिय समाजसेवीहरु तिलक बहादुर बस्नेत, पुस्पराज गिरि, माधब बुढाथोकी, तुलाराम बस्नेत लगायतको सुझाव तथा छलफल अनुसार जुवातास पुर्ण रुपमा निशेध गर्ने, बेलुकी ९ बजे पछि होटेलहरु खोल्न नपाइने र १० बजे पछि नाचगान गर्न नपाइने निर्णय गरेको हो
नियम पालना नगरी मदिरा सेबन गरि होहल्ला गरि शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहिलाइ कानुन बमोजिम कामकारबाही गर्ने निर्णय गर्दै उक्त कार्यमा सघाउन तुलसिपुर वडा नम्बर १०,११ र १२ का सम्पुर्णमा अनुरोध समेत गरिएको छ । साथै बैठकले सम्पुर्ण वडावासिहरुमा दशै तथा तिहारको शुभकामना समेत दिएको बैठकपछि तुलसीपुर ११ का वडा सदस्य सुबास डागिले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस