रामेछाप :- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछाप जिल्लाका चार जना अटाएका छन् । युवा संघ नेपालले टुंगो लगाएको ३ सय ३१ जना केन्द्रीय सदस्यभित्र रामेछापका पनि चार जना अटाएका हुन् । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको छ । रामेछाप जिल्लाबाट कृष्णहरि केसी, सुमन लामा, जय गुरुङ र टीका माल्बुके राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बनेका छन् । केसी र गुरूड पूर्व एमाले र लामा र बाल्बुके पूर्व माओवादी केन्द्रबाट चुनिएका हुन् । संगठनका सह इन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटाले ३ सय ३५ मध्ये रिक्त रहन गएका सदस्यहरु साविकको वाइसीएलले मनोनित गर्ने जानकारी दिए । उनका अनुसार पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको छ ।