रामेछाप :- रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नम्बर ३ दिमीपोखरीको मानपुरको तीन सय भन्दा बढी घरपरिवारमा बिजुली बलेको छ । वडा अध्यक्ष कमल केसी ट्रान्सफर्मर चार्ज गरेर बिजुली बत्तिको उदघाटन गरेका छन् । दिमीपोखरीको साविकको वडा नम्बर २ ३ र ४ मा असोज १५ गतेबाट विजुली बलेको वडा अध्यक्ष कमल केसीले रामेछाप न्युजलाई बताउनुभयो ।उहाँका अनुसार विद्युतीकरण गर्न बाँकी रहेको टोलहरुमा पनि तीब्र गतिमा विद्युतीकरणको काम अगाडि बढाइनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा रामेछापका विद्युतीकरण हुन सकेको क्षेत्रमा अहिले धमाधम विद्युतीकरणको काम अगाडि बढेको छ ।