रामेछापमा सवारी चेकजाँचमा कडाई , बढि भाडा लिने ६ सवारी कारवाहीमा

रामेछाप:- नेपालीहरुको ठुलो चाड बडा दशैको समयमा मौका छोपी बढि भाडा असुल्ने ६ वटा सवारी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले गरेको सवारी साधनको चेकजाचका क्रममा यात्रुहरुसंग बढि भाडा असुलेको पाइएकाले ४ वटा ठुला बस र २ वटा सुमोलाई ट्राफिक नियम अनुसार कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डि.एस.पी सन्तोष कुमार भट्टराईले जानकारी दिनु भयो । उनले यसरी यात्रुहरुसंग बढि भाडा लिएर कारवाहीमा पर्नेमा अरनिको आयायातको ४ वटा ठुला बस , त्रिवेणी यातायातको एउटा सुमो र मितेरी यातायातको एउटा सुमो रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस