गृहमन्त्रीसंगको बैठकपछि महरालाई हिरासतमा लिन तयार

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथीको अनुसन्धान गर्न निर्देशन दिएका छन् । शुक्रवार नगर प्रहरी कार्यालयमा बसेको गृहमन्त्री थापासहितको बैठकमा निष्पक्ष भएर अनुसन्धान गर्न उनले प्रहरीका उच्च अधिकारीलाई निर्देशन दिएका हुन् । 

dish homeबैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयां बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए । 

गृहमन्त्री थापको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘घटनाको निष्पक्ष अनुसन्धान गर्नुहोस्, अनुसन्धान गर्दा कसैसंग डराउनु पर्दैन् । ’ उनले वैठकमा आफ्नालाई भाईले प्रहरीले पक्राउ गरेको प्रसंग उठाउंदै त्यसैगरी घटनाको छानविन गर्न निर्देशन दिएका थिए   

महराको घटनाको अनुसन्धान आईजिपी खनालकै नेतृत्वमा जारी छ । मन्त्री थापालाई उनले घटनाको बिफ्रिङ समेत गरेका थिए । 

गृहमन्त्रीसहित बैठक बसेकै दिन शुक्रवार सांझ पिडित भनिएकी महिलाले जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गराएकी हुन् । महरालाई पक्राउ गर्न राष्ट्रिय अन्र्तराष्ट्रिय दबाव परेको थियो ।  शुक्रवार नै संयुक्तराष्ट्रसंघसहित ६ वटा पश्चिमा मुलुकहरुले घटनाको निष्पक्ष अनुसन्धान गर्न विज्ञप्ती जारी गरेका थिए । 

प्रहरीकोमा मुद्दा दर्ता भइसकेपछि प्रहरीले अदालतको आदेश लिएर पक्राउ गर्ने तयारी गरेको छ । महरालाई हिरासतमै राखेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ । ‘आईतवार अदालतको आदेश लिएपछि उहांलाई हिरासतमै राखेर अनुसन्धान सुरु गर्छौ  । ’ प्रहरी स्रोतले नेपालयन खबरलाई भन्यो । 

प्रतिक्रिया दिनुहोस