पत्रकार सविन प्रियासनको तेस्रो गित छ मायाको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित साहित्यर एवं पत्रकार सविन प्रियासनको शव्दमा रहेको तेस्रो गीतको आकर्षक भिडियो यूट्यूबमा सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष समेत रहेका प्रियासनको तेस्रो गीत छ माया बोलको रहेको छ । उक्त गीतलाई नेपाल आइडल रबी ओड र गायीका टीका प्रसाइले गाउँनु भएको छ ।चर्चित संगीतकार दीपक शर्माको सँगीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

लोकलयमा डान्सिङ गीत भएकाले गीत अति नै कर्णप्रिय बनेको छ । गीत सुन्दा नाचौनाचौ लाग्ने उक्त गीतको भिडियोमा गायक रबी ओड अनि नायक आयान बज्राचार्य, मोडल सगुन गिरी, अनामिका बाराकोटी, फरिता खड्काले अभिनय गरेका छन् ।भिडियोमा प्रियासन पनि देखिनु भएको छ । सैघाली अनलाइन टिभीबाट सार्बजनिक भएको उक्त भिडियोलाई प्रहिल कार्कीले निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस