रामेछाप दोरम्बा गाउँपालिकामा ६ वर्षिय बालिका बलात्कृत गरेको आरोपमा-१७ बर्षे युवा पक्राऊ

रामेछाप :- रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ टोकरपुरमा ६ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक युवक प्रक्राउ परेका छन् । सोमबार राती जबर्जस्ती करणी गरि भागेका १७ बर्षका युवकलाई मंगलबार खाँडादेवी गाउँपालिकाको गाल्पा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डि.एस.पि सन्तोष भट्टराईले जानकारी दिनु भयो ।

पक्राऊ परेका दोरम्बा गाउँपालिका–५ का १७ बर्षिय नाम परिवतन ठाेक बहादुरलाई पक्राउ गरेको छ । थापाबाट बलात्कृत भएकी छ बर्षिय बालिका उनका नातेदार समेत भएको प्रहरीले बताएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पीडित परिवारले दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष भट्टराईले रातभर पचास जना भन्दा बढी प्रहरी परिचालन गरेर बलात्कारका आरोपी थापालाई पक्राउ गरिएको बताउनु भयो । थापालाई म्याद थपका लागि अदालत बन्द रहेकाले पक्राउ पुर्जी स्वीकृत गरि थप अनुसन्धान गरिरहेको बताए । प्रहरीका अनुसार सोमबार साँझ पिडि*त बालिकालाई मोबाइल दिन्छु भन्दै आफ्नै घरमा बोलाएर ती युवकले बला*त्कार गरेका थिए ।बला*त्कृत बालिका घरमा अएर रुन थालेपछि आमाले थप बुझ्ने क्रममा पीडित बालिकाले रुँदै घटनाको बिवरण बताएकी थिईन । बालिकालाई बला*त्कार गरेपछि ती युवक भागेको भन्ने सूचना आउनसाथ प्रहरीले सबै नाकाहरुको चेक*जाच कडा पारी खोजी गरेको थियो । परिवारकै सूचनाको आधारमा प्रहरीले उनको खोजतलास गर्दै जाँदा मंगलबार बिहान ११ बजे ती युवकलाई पक्रा*उ गर्न प्रहरी सफल भएको डि.एस.पि भट्टराइले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस