रामेछाप नगरपालिकाको दशै तिहार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि २०७६ सालको वडा दशै, शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नगर उपप्रमुख सृजना खड्काको अध्यक्षतामा , प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आज विहान र रामेछाप ८ मा रहेको गौरीशंकर क्याम्पसमा भएको हो । कार्यक्रममा राजनितिक पार्टी प्रतिनिधिहरु, नगर कार्यपालिका सदस्यहरु, नगर स्थित सरकारी कार्यालयका प्रमुख, उद्योग व्यापारी,स्थानीय बुद्धिजीवि एवम् रामेछाप नगर पालिकाको राष्ट्र सेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा तेक्वान्दो खेलाडीहरुले आफ्नो खेल पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस