सभामुख महराले पिएको मदिराको मूल्य कति ?

काठमाडौ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलासँग जबरजस्ती शारीरिक सम्पर्क गर्नु अगाडि मदिरा सेवन गरेको खुलासा भएको छ ।हाम्राकुरा नामक अनलाइनका अनुसार सभामुख महराले संसद सचिवालयकी ती महिला कर्मचारीलाई आइतबार साँझ शारीरिक सम्पर्क गर्ने क्रममा मदिरा सेवन गरेको खुलेको हो ।मदिरा पिएर आफै बोतल बोकेर ती महिला कर्मचारीको डेरामा भित्रिएका महराले स्न्याक्सपनि साथमै लगेर गएका थिए । दुई वटा गिलासमा मदिरा राखेपनि महराको दवावमा ती महिला कर्मचारी र महराले एउटै गिलासमा मदिरा सेवन गरेका थिए ।ती महिला र सभामुख महराले बाेतलकाे मदिरा आधा सिध्याएका थिए ।

त्यसपछि महराले ती महिला कर्मचारीलाई कोठामा रहेको खाटमा सुताएर जबरजस्ती शारीरिक सम्पर्क गरेको ती महिलाले बताएकी छिन् । त्यति मात्रै होइन सभामुख महरा ती महिला कर्मचारीलाई कुटपिट गर्नुका साथै मुख च्यात्ने प्रयास गरेका थिए । यो घटनाको जानकारी ती महिला कर्मचारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नेतृहरू पम्फा भुसाल र अनेसरी घर्तीका साथै महराका कान्छो छोरा राहुल महरालाई पनि जानकारी गराएको ती महिला कर्मचारीले बताएकी छिन् ।महराले ती महिला कर्मचारीलाई घटना बाहिर नल्याउन पटक पटक दवाव दिएको पनि खुलेको छ ।महराले १२ वर्ष पुरानो ‘हिमालयन रिजर्भ ह्वीस्की’ पिएर आफूलाई काठमाडौंको तीनकुनेस्थित डेरामा जबरजस्ती शारीरिक सम्पर्क गरेको ती पीडित महिलाले बताएकी छिन् । आफूलाई महराले जबरजस्ती शारीरिक सम्पर्क गरेपछि उनले घरबेटीलाई भनेकी थिइन् । त्यसपछि तीनकुनेको प्रहरीलाई खबर गरिएको ती महिलाले बताएकी छिन् । प्रहरीले कोठाको फोटो खिचेर लगेपनि यस घटनाबारेमा अनभिज्ञता जनाएको छ ।सभामुख महराले ती महिलासँग पिएको रक्सीको मूल्य न्युनतम २४ देखि २८ सयसम्म पर्छ । यो मूल्य ७५० एमएलको बोतलको दररेट हो । ४२.८ प्रतिशत अल्कोहल मिसिएको यो मदिरा १२ वर्ष पुरानो ब्राण्डको छ । स्कच माल्ट क्वालिटीको यो मदिराको स्प्रिट स्कटल्याण्डबाट ल्याएर हिमालको पानी मिसाएर बनाउने गरिएको वेबसाइटमा उल्लेख छ ।उता, सभामुख महराले आफूलाई लागेको आरोप झुठ्ठा रहेको दाबी गरेका छन् । कर्मचारी समायोजनको रिस ती महिलाले पोखेको महराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस