सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

काठमाडौ प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला स्वयं सार्वजनिक भएकी छिन् । उनले सामाजिक सञ्जालबाटै आफूले लगाएको आरोप सत्य भएको समेत दाबी गरेकी छिन् ।सामाजिक सञ्जालमा रोशनी शाही नामको फेसबुकमा उनकै तस्विर देखिन्छ । उनको फेसबुक प्रोफाइल नियाल्दा महरासँग स्वास्थ्य उपचारका क्रममा भएका भेटका केही तस्विर समेत फेला परेका छन् ।

प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरामाथि सोमबार एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । ती महिलाबारे समाचार लेख्ने अनलाईन मिडियाले परिचय गोप्य राखेपनि ती महिला स्वयंले भने सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक भएकी छिन् ।

उनी रोशनी शाह नै भएको तथ्य भेटिएको छ । संसदमा मेडिकल क्षेत्रमा कार्यरत रोसनीको श्रीमान, छोरा र छोरी समेत रहेको पाइएको छ । उनकै फेेेसबुुक अनुुसार उनी ५१ बर्स्ष भएकी छिन । उनी माओवादी नेताहरुसँग निकट सम्बन्धमा रहेकी रोसनीका श्रीमान भने कामको शिलशिलामा बाहिर रहेको पाइएको छ ।

श्रीमान बाहिर भएकै मौकामा महरा मदिरा लिएर ती युवतीको घरमा पुगेको आरोप ती महिलाको छ । यद्धपी महराको सचिवालयले भने महिलाको आरोपको खण्डन गरेको छ ।
@ kantipurionline

प्रतिक्रिया दिनुहोस