सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट म्यादी राजीनामा दिएका छन्। उनको याे म्यादी राजिनामा अब कसरी स्विकृत गरिने छ, त्याे बहशको बिषय बन्न सक्छ । महराले, आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो। महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका कुराको सत्यतथ्य छानविन नहुन्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। नेपालको संबिधानमा यस्तो म्यादी राजिनामाको कल्पना गरिएको छैन । यदि महराको सांसद पद कायम रहे र छानबिनबाट निर्दोष देखिएमा उनले सामान्य प्रकृयाबाट पुन निर्वाचित भएर मात्र सभामुख हुन पाउछन । कथंकदाचित छानबिनमा महरा निर्दोष देखिए पनि तत्कालिन अबस्थामा सभामुखको पद खालि नरहेमा उनि पुन सभामुख बन्ने शंभाबना रहन्न । यो सभामुखको अलमल्याउने चाल हुनसक्छ । हिजोदेखि विभिन्‍न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ महराले उपसभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस