रामेछाप:-रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ४ रात्माटाका २५ बर्षे लोक वहादुर मगर लाई युके र जापानमा बसोवास गर्ने नेपालीहरुले मिर्गौला पिडीत लाई आर्थीक सहयोग गरेको छ । विगत १ बर्ष देखि दुबै मिर्गौला फेल भई उपचार गराईरहेका २५ बर्षे मगरको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएकाले मृगौला प्रत्यारोपण गर्न ढिलाई भईरहेको बेला युके र जापानमा बसोवास गर्ने नेपालीहरुले ४ लाख ३ हजार ६० रूपयाँ सहयोग प्रदान गरेको हो ।
युके मा बस्ने हरी बहादुर मगर ,राजकुमार मगर, अचुत दाहाल र जापानमा बस्ने आनन्द मगर, गुञ्ज मगर, पेसल मगर, चन्द्र मगर को संयुक्त पहलमा उक्त रकम जम्मा भएको थियो । उनिहरुले जम्मा भएको रकम नेपालमा पठाएपछी एक कार्यक्रमको आयोजना गरी े मिर्गौला पिडीत मगर लाई रकम हस्तान्तरण गरेको सोहि ठाउका हिमाल महतले जानकारी दिनु भयो ।