सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने, सजाय यस्ताे छ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महराको राजीनामा माग्ने भएको छ । सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको हो । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले सभामुख प्रकरणमा अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘यस बिषयमा दुई अध्यक्षबीच बिहानदेखि छलफल भइरहेको छ’ उहाँले जनता समाचारसँग भन्नुभयो ।

छलफलमा दुई अध्यक्ष स्थिति असज भए सभामुख महराको राजीनामा माग्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ । सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् ।

आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयको कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । पार्टीले राजिनामा माग्नु भन्दा अगाडी सभामुख आफैले राजिनामा दिने तयारी भएको पनि स्रोतले जनाएको छ । उनले दिउसो २ बजेसम्म राजिनामा दिने बुझिएको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपाका नेताहरुले महराको राजीनामा माग्न शीर्ष नेतृत्वलाई दबाब र सुझाव दिएका छन् । पूर्व सभामुख सुवास नेम्वाङले पनि मंगलबार प्रधानमन्त्रीलाई भेटेर महराको राजीनामा माग्न सुझाव दिनुभएको छ ।

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरा सामु भिडियो अन्तर्वार्ता दिएकी छिन्।

आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप ति महिला कर्मचारीको छ।

जवर्जस्ती करणीको गम्भीर आरोप लागेका सभामुख महराले भने आफूले कुनै गलत काम नगरेको बताए। उनले भने, ‘ पारिवारिक साथी जस्तो उनको घरमा पहिला पनि जान्थे आइतवार पनि गएको थिए। तर बाँकी कुरा भने भेटेर कुरा गर्छु।’

महराले हाम्राकुरालाई त्यसो भनेपनि पिडितसँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएका थिए। उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले देखाएकी थिइन।

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन।

जवर्जस्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै स्नेहाले भनिन, ‘ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरा सर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा महरा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।’

पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। स्नेहा भन्छिन, ‘तर उनले मानेनन्।’ कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, ‘किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।’ स्नेहाले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुईवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन।

करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले रुँदै हाम्राकुरालाई भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिएको बताइन। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन।

अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।

रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, ‘एक्लो अवला देखेर मलाई लुट्नु लुटिरहे महराले।’

अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। ‘राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,’ उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेका थिए।

आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको स्नेहाले हाम्राकुरालाई बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

सानो कोठाको भुइ देखाउँदै स्नेहाले भनिन, ‘यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले।’ मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, ‘अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।’ अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन।

जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन्। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। हाम्राकुरा त्यहाँ पुग्दा उनले ती कुराहरु पनि देखाइन।

त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। ‘कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन।’ आइतवारको कालो रातलाई सम्झदै स्नेहाले हाम्राकुरासँग भनिन, ‘ उ गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।’

सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई ‘हाई’ भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्।

आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले हाम्राकुरालाई बताइन।

आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन। विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन।

यो समाचार लेख्नुअघी हाम्राकुरा तिनकुनेस्थित प्रहरी परिसरमा पुगेपनि घटनाको बारेमा जानकारी नै नभएको बताइयो। तर आइतवार सोहि मातहतको प्रहरी घटनास्थल पुगि सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो।

हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए। उनले आइतवारको घटना सामान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा । एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्वरसँग मिलेको छ।

हाम्राकुरासँग कुरा गर्दै गर्दा उनलाई फोन गरेर आइतवारको घटनाको समिक्षा गर्न तथा मिडियामा नजान समेत दवाव दिएका थिए महराले। उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वाध्य भएको जवाफ दिइन। ‘समिक्षा गरेर के गर्ने फेरि अर्को पटक यस्तै गर्ने,’ उनले जवाफ दिएकी थिइन।

पहिला पनि दुर्व्यवहार गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन, ‘त्यतिखेर पार्टीभित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन। बरु महराको उल्टै मनोबल बढ्यो। यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई जवर्जस्ती करणी नै गरे।’ देशकै सम्माननीय पदमा वहालवाला मान्छेले यस्तो हर्कत गर्लान भन्ने नसोच्दा नसोच्दै आफू माथि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन।

अब यो कुरा सुार्वजनिक भएपछि मेरो जीवनमाथि नै तलमाथि सम्म गर्ने खेल पनि हुन सक्ने उनले औंल्याइन। किनकी उनीहरु सत्तामा छन् शक्तीमा छन्। ‘के यो अवस्थामा वलात्कृत भएकी मैले न्याय पाउँला,’ उनले गम्भीर सवाल उठाएकी छिन।

‘राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला,’ उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन।

घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ।

mharpress kantipath सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

Krishna Bahadur Mahara kantipathnews संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारीमाथि सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेका हुन्। मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।

victim woman kantipathnews

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन।

जवर्जस्ती भएपछि स्नेहाले भनिन, ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरासर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए ।

पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। स्नेहा भन्छिन, तर उनले मानेनन् । कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ । स्नेहाले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन्। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन्। एउटा ग्लासको बाध्य भएर मुखमा टसाइन्।

woman1 kantipathnews

करिब एक लिटरको बोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले रुँदै भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन् । त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिइन्। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन्।

तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दबाएरै राखेकी थिइन्। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई बलात्कार गर्लान भन्ने उनको कल्पना बाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो। रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए।

स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन् तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले ।

अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन्। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ, उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेका थिए।

आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन्। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको स्नेहाले बताईन् । त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

सानो कोठाको भुइ देखाउँदै स्नेहाले भनिन, यही भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले । मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ । अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन्।

जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन्। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ।

जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन । महरा गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन् ।

सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई हाई भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्।

आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन्। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले बताइन। आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन्।

हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए। उनले आइतवारको घटना सामान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा । एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्बरसँग मिलेको छ।

सभामुख जस्तो गरिमामय पदमा बसेका कृष्णबहादुुर महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरको आरोप लागेपछि सभामुखको पदबाट राजिनामा दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न उठेको छ । यो अघि नेपाल सरकारका कृषिमन्त्री हरी पराजुलीले असार १५ मा रोपाई दिवस मनाउने एक कार्यक्रममा महिलालाई अंगालो मारेको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्री पदबाट राजिनामा दिएका थिए ।

त्यस्तै गत बर्ष कानुनमन्त्री शेरबहादुर तामाङले पनि बंगलादेश एमबीबीएस पढ्न गएका यवतीहरु शारिरिक सम्बन्ध गर्न बाध्य छन् भन्ने अभिव्यक्ति दिएर विवादित बनेपछि पदबाट राजिनामा दिएका थिए । त्यस्तै सभामुख महराले पनि सेक्स काण्डमा मुछिएपछि राजिनामा देलान् त भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस