दाङ तुल्सिपुरको बसपार्कमा चालकलाई सम्मान

दाङ तुलसीपुर नयाँबसपार्कमा चालकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । लामो दुरीका यातायातका सवारी साधन चलाउने बस चालकहरुलाई दुर्घटना न्यनीकरण गर्न र यात्रुमैत्री व्यवहार गर्नको लागी अनुरोध सहित सुरक्षित यात्राको शुभकामना समेत दिएका छन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष ध्यान बहादुर राई, केन्द्रिय सदस्य खगेन्द्र वली, प्रदेश ५ कमिटिका अध्यक्ष कृष्ण कडेल , प्रदेश सल्लाहकार शालिकराम केसी, प्रदेशका पुर्व सदस्य अमर डाँगी ,जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मी , ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द कुमार पोख्रेल लगाएतको टोलीले बस चालकहरुलाई सचेत गराउदै सवारी दुर्घटना न्युनीकरणका लागी सहयोग गर्न अपिल समेत गरिएको थियो । उक्त टोलीले तुलसीपुर देखी काठमाडौ, बुटवल, सल्यान र रुकुम सन्चालन हुन बस चालकलाई हौसला प्रदान गदै सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस