बिरगन्ज २ ठाउँमा आगलागी ६ लाख बराबरको क्षति

रामेछाप – बिरगन्जका दुई ठाउँमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।बिरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोलमा कस्मेटिक उद्योगमा भएको आगलागीमा ५ लाखको क्षति भएको छ । यस्तै वडा नम्बर २६ सुगौलीमा गोठघरमा भएको आगलागिमा एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । वडा नम्बर ९ रानीघाट बस्ने मिताराम साह तुरहाको घरमा रहेको कलश कस्मेटिक उद्योगमा करेन्ट सर्ट भई आगोलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । यस्तै वडा नम्बर २६ हृदय नारायण पटेलको भन्सा कोठासँग जोडिएको खरले छाएको गोठघरमा आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस