नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ : प्रधानमन्त्री

सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै उनले केही पनि भएर भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको बताए ।

नेपालमा वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भएको पनि ओलीले दावी गरे । ‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ उनले भने ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ ।’

सडकमा भिख माग्न पर्दैन

प्रधानमन्त्री ओलीले कोही दुख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न आग्रह गरे । ‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं । दुख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्र्दैन’ उनले भने ‘अलपत्र अवस्थामा देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् सरकारले त्यसको व्यवस्था गर्छ ।’

आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने प्रधानमन्त्री ओलीले बताए । सरकारले कल्याणका कामका साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको उनले बताए ।

‘हामी वास्तवमै हरेक दिन एक कदम अगाडि बढेका छौं । मोतिहारी पाइपलाइन सुरु गरेर सम्पन्न गरिसकेका छौं, अरु आयोजना पनि सम्पन्न गर्दैछौं’ उनले भने । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी काठमाडौं आउन एक वर्ष नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस