रामेछाप :- रामेछाप दोरम्बाका एक युवकको करेन्ट लागेर मृत्युु भएको छ । आइतवार बिहान काठमाडौंको वीर अस्पताल अगाडि रहेको बिजुलीको खम्बामा करेन्ट लाग्दा दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरका २६ बर्षिय रबिन्द्र गौतमको मृत्यु भएको हो । करेन्ट लागे लगत्तै उनलाई नर्भिक अस्पताल लगिएको थियो । गौतमको उपचारकै क्रममा मृत्यु भएको दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले जानकारी दिनुभयो । मृतक गौतमको आज नै पशुपतिमा अार्यघाटमा अन्त्यष्टि गरिनेछ । दोरम्बा गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष गजुरेलले दुःख घडीमा परिवारजनप्रति गहिरो संमवेदना प्रकट व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।