गृहमन्त्रीको निर्देशनसँगै नौविसे–नागढुङ्गा जाम हट्यो, अहिले अवस्था सामान्य

काठमाडौं :- नागढुङ्गा सडकखण्डको अवस्था अहिले सामान्य रहेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचना अनुसार सवारी साधनको गति सामान्य रहेको र जाम हटेको छ ।

केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भएका थिए । २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भएका थिए ।

अस्तव्यस्त भएपछि गृहमन्त्री रामबहादुर थापाले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त समेत पारेको छ ।

प्रतिक्रिया दिनुहोस