कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिप दाङका दहित लाई कास्य पदक

लक्ष्मण बस्नेत / दाङ:- “कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिपमा
दाङका सुनिल दहित ले कास्य पदक हात पारेका छन् !
कपिलबस्तु शारिरीक सुंगठन तथा फिटनेसको आयोजना सनिवार सम्पन्न च्याम्पियनसिपमा ७५ के.जि. तौल समुहमा दाङ जिल्लाको प्रतिनिधित्व गर्दै फ्रेण्डस् फिटनेस सेन्टर तुलसीपुरका दहित ले कास्य पदक हात पार्न सफल भएका हुन् !
दहितले यसअघि ७५ केजी तौल समूहमा चौथो मिस्टर काठमाण्डौमा चौथो,आठौं राष्ट्रिय शाररिक सुंगठन प्रतियोगीतामा ८० केजी तौल समूहमा चौथो, प्रदेश नम्वर ४ र ५ का लागि बुटवलमा भएको बुद्धक्लासीक प्रतियोगीतमा ७५ केजी तौल समूहमा कास्य,भैरहवामा भएको प्रदेश ४ र ५ स्तरीय दाउन्ने ओशो प्रतियोगीतामा ७५ केजी तौल समूहमा कास्य, पोखरामा भएको बुल्समेन पोखरा प्रतियोगीतमा चौथो र मीस्टर दाङ बडिविल्डिङ च्याम्पियनसिप २०७५ मा ओभर अल विनर भएका दाङ जिल्ला शारीरिक सुगठनका अध्यक्ष तथा फ्रेण्डस् फिट्नेस सेन्टरका प्रशिक्षक आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस