रामेछाप :- नेपालीहरुको महान चाड वडा दशैलाई मध्यनजर गरी जिल्ला प्रशासन रामेछाप सुरु गरेको बजार अनुगमन जारीे छ । आइतबार पनि जिल्ला प्रशासन कार्यालय नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्ला सदरमुकाम मन्थलीमा संचालित खाद्यान्न पसल , हार्डवयर पसल र मासु पसलको अनुगमन गरी सुर्तीजन्य र अखाद्य बस्तुहरु जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति , जिल्ला प्रहरी कार्यालय , रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार सहितको संयुक्त अनुगमन टोलीले इजाजत बिना विक्रि गरिरहेको सुर्तीजन्य सामाग्री , म्याद गुज्रिएका अखाद्य बस्तु , इनामेल लगाएतका सामाग्री जफत गरेको हो ।
मन्थलीमा संचालित रामेछाप मासु व्यवसायी संघबाट ३० केजी किरा परेको माछा ,विविएस हार्डवयरबाट पसलबाट म्याद नाघेको ४ लिटरको इनामेल २५ बट्टा,क्यास्टोल मोविल ५ बट्टा जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए ।त्यसैगरी आइडी किराना पसलबाट सडेको मिठ्ठाई एक प्याकेट ,इजाजत बिना विक्रि गरिरहेको ग्ड्खा २८ प्याकेट , सुर्य चुरोट २ वट्टा ,पाइलट चुरोट ४ बट्टा बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । त्यस्तै मन्थलीमै संचालित श्रेष्ठ भोजनालय एण्ड लजबाट जाजत विना विक्रि गरिरहेको सुर्य चुरोट २ बट्टा र पाइलट चुरोट ४ बट्टा जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए ।