रामेछाप जिल्लाको १० बुँदे साझा प्रतिवद्धता जारी गर्दै चौथो जिल्लासभा सम्पन्न

रामेछाप :- रामेछाप जिल्लाको चौथो जिल्लासभा शनिबार सम्पन्न भएको छ । जिल्ला सभाको शुक्रबार प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । दुईदिनसम्म चलेको जिल्ला सभामा प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेल सहित रामेछाप जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै सभामा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुले आफ्नो कार्यालयले सम्पादन गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने सामाजिक संघसंस्थाले पनि आफुले गरेको कामका बारेमा जानकारी गराएका थिए । जिल्ला सभा समापन गर्दै प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलले जिल्लामा देखिएको व्याप्त बेरुजु घटाई देखिनेगरी काम गर्न स्थानीय तहहरुलाई निर्देशन दिए । सम्पन्न जिल्ला सभावाट १० वँुद्दे साझा प्रतिवद्धता जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस