सिन्धु पाँचपोखरी यातायात सञ्चालन, मेयरले गरे उद्घाटन

सिन्धुपाल्चोक चौतारा विगत ३० वर्षदेखिको अरनिको यातायातको एकाधिकार तोडिएको छ । सिन्धु पाँचपोखरी यातायात प्रालिले काठमाण्डौं चौंतारा रुटमा असोज १० गतेबाट यातायात सेवा सुरु गरेपछि अरनिको यातायातको एकाधिकार तोडिएको हो । चौतारा टुँडीखेलबाट काठमाण्डौको कोटेश्वर र चावहीलसम्म र पुनः सोही रुटबाट फिर्ता हुने गरी जम्बो हाइस एरसी माइक्रो बस र टाटाका डिलक्स बसहरु औपचारिकरुपमा सञ्चालनमा आएको छ ।शुक्रबार झरीको बीच चौतारा टुँडिखेलको मुखमा चौतारा साँगाचोकगढी नगरपाकिाका मेयर अमानसिं तामाङले रिवन काटेर उद्घाटन गरे । मेयर तामाङले सिन्धु पाँचपोखरी यातायातले यात्रुलाई यात्रा गर्न सहज र सुलभ हुने विश्वास व्यक्त गरे । सो अवसरमा मेयर तामाङलेले यातायात सेवा निरन्तरताको कामना गर्दै पेशासँगै सेवामूखी भएर यातायात सञ्चालन गर्न आग्रह गरे । प्रालिका अध्यक्ष खिलबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपमेयर जानुका पराजुली लगायतको उपस्थिति रहेको थियो । यस्तो छ सिन्धु पाँचपोखरी यातायात दिने सुविधायातायात सेवा चौताराबाट बिहान ६, ७, दिउँसो २, ३ र ४ बजे सञ्चालन हुनेछ । त्यस्तै चाबाहिलबाट बिहान ५ः३०, ६ः२०, ७, दिउँसो १ः३०, २ः३० र कोटेश्वरबाट बिहान ६, ७, ७ः३०, दिउँसो २ र ३ बजे सञ्चालन हुनेछ ।यातायात सेवा प्रा।लि।ले यात्रुहरुलाथ थप सुविधा प्रदान गर्ने समेत जनाएको छ । माइक्रो बसमा यात्रा गर्दा काठमाण्डौसम्मको लागि २ सय ७५ रुपैंया भाडा लाग्नेछ र सो बापत ३० केजी सम्मको सामानको थप भाडा नलाग्नुका साथै यात्रुलाई पिउने पानी निःशुल्क उपलब्ध गराउनले जनाएको छ । त्यस्तै ६१ वर्ष भन्दा माथिका यात्रुहरुको लागि भाडामा ५० प्रतिशत छुट दिने, तीन महिनासम्म हाल चलनचल्तीमा रहेको भाडामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।टिकट काउन्टर भने चौताराको लागि टुँडीखेल, नवलपुर चोक र ५ नं वडा कार्यालयको अगाडी रहने र काठमाण्डौको लागि चाबहील तथा कोटेश्वरमा रहनेछ।
@ jhulka.com

प्रतिक्रिया दिनुहोस