बक्सिङ सघको अध्यक्षमा पुनः थापा

दाङ :- दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् !
जिल्ला बक्सिङको सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो !
जसको उपाध्यक्षमा चन्द्रज्योती थापा,विशाल जङ्ग शाह,एलिसा सेन्चुरी,सचिव हस्त जिएम,कोषाध्यक्ष दिपक केसि,सहसचिव यम कुमार स्वर्णकार ( सफल), रहनु भएको छ ! त्यसैगरी संघको सदस्यहरूमा श्रीधर केसि,मदन ओलि,रमा बिक,लक्ष्मण शर्मा,केशर खत्री,जानकि थापा,मान बहादुर राना,नारायण थापा चयन भएको संघका सचिव हस्त जिएमले जानकारी दिए ! त्यस्तै संघको वरिष्ठ सल्लाहकारमा जोग बहादुर राना, शम्भु बि.क., र सल्लाहकारमा रेवन्त राना,गगन राना, केशब प्रसाद श्रेष्ठ,जय बहादुर घर्ती,र लक्ष्मण बस्नेत रहेका छन् !
अधिवेशन संघका अध्यक्ष राजु थापाको अध्यक्षता तथा नेपाल बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष संगम शाहको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमईको विशिस्ट आतिथ्यमा भएको थियो !
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी,शाह, बिशिस्ट अतिथी सोमई, दाङ जिल्ला तेक्वान्दो संघका सचिव राकेश परियार लगाएतका बधाई तथा शुभकामना मन्तब्य राख्नु भएको थियो !
कार्यक्रमको संचालन संघका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए !

प्रतिक्रिया दिनुहोस