इलाममा दुर्घटनामा परी प्रहरी सहायक निरिक्षकको मृत्यु

इलाम:- इलममा आज दिउँसाे इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ । इलाम नगरपालिका ५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरिक्षक रबि मगरको दुर्घटनामा मृत्यु भएको हो । को १ ब २२८८ नम्बरको मोटरसाइकलमा इलामको बरबोटेबाट सुम्बेकतर्फ जाँदै गर्नु भएका उहाँको छाँगे भन्ने ठाउँमा दुर्घटनामा परि मृत्य’ भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।सुम्बेकमा झगडा भएको घटना थाहा पाएर त्यसतर्फ जाँदै गर्नु भएका उहाँको भिरबाट मोटरसाइकल खसेर मृत्यु भएको हाे । हिलो बाटो भएका कारण चिप्लिएर मोटरसाइकल झरेको वताइएको छ प्रहरी सहायक निरिक्षका मगरको स्थाइ घर इटहरी उपमहानगरपालिका १ सुनसरीमा रहेको छ । उहाँसँगै मोटरसाइकलमा सवार रामसेवक मोचे घाइते हुनुभएको छ । उहाँको हाल इलाम अस्पतालमा उपचार गराइरहेको छ ।मोटरसाइकल कसले चलाएको थियो भन्नेबारे जानकारी आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस