रामेछाप :- रामेछाप जिल्लाको सदरमुकाम मन्थलिमा प्रथम शान्तिदिप कप फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान पर्व बिजयादशमी तथा सुभदिपावलीको अबशरमा रामेछापको शान्तिदिप युवा क्लव मन्थलीको आयोजनामा १ लाख पचाँस हजार धनराशीको प्रथम शान्तिदिप कप फुटवल प्रतियोगिता असोज ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।खेलमा पहिलो हुने टिमले रु १ लाख ५० हजार,दोस्रो हुने टिमले रु १ लाख,तेस्रो हुने टिमले रु ५० हजार र शान्त्वना हुने टिमले रु २५ हजार रुपैया नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र पाउँने क्लबका सदस्य उदाशको भनाई छ । उनले प्रतियोगिताका उदयमान खेलाडीलाई रु ५ हजार,उत्कृष्ठ खेलाडीलाई नगद रु ५ हजार,उत्कृष्ठ गोल रक्षकलाई नगद रु ५ हजार उत्कृष्ठ डिफेन्डरलाई नगद रु ५ हजार र सर्वाधिक गोलकर्तालाई नगद रु ५ हजार सहित ट्रफी र प्रमाणपत्रको ब्यबस्था गरिएको क्लवका सदस्य सुरेश उदासले जानकारी दिनुभएको छ । प्रतियोगितामा १६ टिम सहभागी भएकाछन । खेल अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षता,तथा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको आथित्यतामा भएको थियोे । खेल मन्थली माबिको खेल मैदानमा भैरहेको छ ।खेलमा प्रतिस्पर्धा गर्ने प्रतियोगिताको मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको आयोजकले जनाएको छ ।