तुलसी बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न

तुलसी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमाभक्त अधिकारीको सभापतित्व तथा वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि केसीले राष्ट्रिय अर्थतन्त्रमा अमूल्य योगदान पुर्याइ आर्थिक तथा सामाजिक रुपान्तरण गर्न रोजगारमूलक सेवामूलक कार्यका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। त्यस्तै विशिष्ट अतिथिको रुपमा बोल्दै संस्थाका सल्लाहकार शंकर गौतम यातायात व्यवसायीमा सङ केन्द्रीय सदस्य चिंतामणि आचार्य ,लेखा सुपरीवेक्षण समिति संयोजक मेनका अधिकारी ,सल्लाहकार तथा संस्थापक अध्यक्ष दिपेन्द्र चापागाँई ,सल्लाहकार राधा लम्साल ,सल्लाहकार छायादेबिगिरी ले सहकारीले खेलेको भूमिका र महत्वको बारेमा चर्चा गरेका थिए ।कार्यक्रममा असल ऋणि पाेखरराज पुन, मधु सुदन खड्का ,राजु शर्मा लाई सम्मान गरिएको थियो ।त्यस्तै सदस्यता वृद्धि गर्ने नारायणी चापागाई ,शिवा लम्साल,निर्मला रायमाझी , कमला महारा, वीरमा पुन , मिनाचापागाईंलाई पनि सम्मान गरिएको थियो ।साधारण सभामा आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष शेषमणी रिजालले प्रस्तुत गर्नुभएको थियो भने सांगठनिक प्रतिवेदन सचिव तेजमनिआचार्यले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल सरकारका पूर्व उप सचिव डिल्लीराज लम्साल नेपालयन खबर अनलाईन का अध्यक्ष एवं तुलसीपुर एकेडेमीका प्रिन्सिपल भागवत भट्टराई संस्थाका पूर्व उपाध्यक्ष बसन्तकुमार खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो साथै संस्थाका सदस्य निम कुमार केसीको निधन प्रति दुःख प्रकट गर्दै निजको श्रीमती रीता केसीलाई राहतस्वरुप रु दश हजार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस