त्रिकोनात्मक टि २० क्रीकेट अन्तरग आज आयोजक सिङापुर र नेपाल खेल्दै

सिंगापुरमा जारि नेपाल, सिंगापुर र जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछौ।पहिलो खेलमा जिम्बाब्वेलाई प्रतिस्पर्धा दिएता पनि ५ विकेटले पराजित भएको नेपाल सिंगापुरसंग जितको खोजिमा हुनेछ। २ महिना अघि सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया ) प्रतियोगितामा सिंगापुरसंग पराजित हुँदै नेपाल टि-२० विश्वकप छनौट प्रतियोगिता खेल्न चुकेको थियो। सोहि हारको पिंडा भुलाउने अवसर पनि आज नेपाली टिमलाई रहेको छ।
सिंगापुरको इन्डीएन एसोसिएसन मैदानमा खेलिने खेल नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस