दाङ घोराहीमा बिधुतसटभई सल्यानी फेन्सि स्टोर्समा आगलागी हुदा ७ लाख बराबरको क्षेति

दाङ घोराहीमा विद्युतसट भई घोराहीको निमाहल नजिकै सल्यानी फेन्सि स्टोर्समा आगलागी हुदा करिब ७ लाखको क्षेति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । विद्युत सट हुदा फेन्सी स्टोर्समा रहेका कपडा र जुत्ता चप्पल जलेर नष्ट भएको प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । सल्यानको बनगाढ कुपिण्डे नगरपालिका २ निबासी अमबहादुर रानाले केहि बर्षयता फेन्सी स्टोर्स संचालन गर्दै आएका थिए । आगोलाई स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस