रामेछाप :- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको काम करिव टुंगिएकाले अब जनता र कार्यकर्तासँग एउटै मन र विचार बनाएर अघि बढ्ने बताएका छन् । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डलेपार्टी एकताको केही काम मात्रै बाँकी रहेको बताए । उनले अब एकता प्रक्रियामा हात्ती छिरेर पुच्छरमात्रै बाँकी रहेको समेत बताए।अध्यक्ष प्रचण्डले कसैले होहल्ला गर्दैमा यो पार्टी चुप लागेर बस्छ भन्ने सोच्नु गलत हुने बताए।हामी आफ्नो बाटोमा हिँडिरहेका छौँ,उनले भने,पार्टी चुप लागेर बस्दैमा कमजोरी नसोच्नु। अर्को दसैँ तिहारमा हाम्रो पार्टी कुन ठाउँमा पुग्छ ?प्रतिक्रियावादीहरुले पर्खिए हुन्छ।उनले अबका कयौँ वर्ष नेकपाले नै चुनाव जितने बताए।अबका कयौँ ५ वर्ष जनताको लोकप्रिय मतसहित जित्छौँ,उनले भने,हामी सानो हुँदा त कसैले चलाउन सकेन अब त हामी विशाल भएका छौँ। अध्यक्षले दाहालले अब नेकपाले हार्छ भन्नु कमजोरी हुने बताए ।हामी हार्छौँ भन्नु त्यो भन्दा कमजोरी केही हुँदैन’उनले भने,हामीले बाहेक अरुले जितेर यो देशको भलो हुनेवाला छैन।