साउदी अरबको भिजिट भीसा शुल्क नयाँ कायम

काठमाडौं :- साउदीअरब सरकारले हाल लिइआएको भिजिट भीसा शुल्कमा भारी कटौती गरी सा. रि. ३०० (साउदी रियाल तीन सय) कायम गरेको छ ! यो निर्णय संगै साउदी अरबमा काम तथा ब्यापार ब्यबसाय गर्दै आइरहेका नेपाली हरुका लागि ठुलो राहत मिलेको छ ! यो निर्णय एक साता पहिलेनै साउदी सरकारले लागु गरि सकेको थियो तर यो निर्णय सबै देशका लागि हो या नेपालीका हकमा लागु हुने नहुने भन्ने अस्पस्टता रहेको थियो तर आज साउदी स्थित नेपाली राजदुतावास वाट जारी भएको प्रेस नोट्ले नेपालीका हकमा पनि लागु भएको कुरा स्पस्ट भए संगै साउदीअरबमा
बस्दै आइरहेका नेपालीहरुमा खुसि छाएको छ !

प्रेस नोट :-
साउदी अरबको भिजिट भीसा शुल्क नयाँ कायम

भएको सम्बन्धमा सूचना ।

साउदी सरकारले हाल लिइआएको भिजिट भीसा शुल्कमा भारी कटौती गरी सा. रि. ३०० (साउदी रियाल तीन सय) कायम गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
————————-
नेपाली राजदूतावास
रियाद ।

प्रतिक्रिया दिनुहोस