फाइदा लुटेपछि अाफ्नाे अाैकात देखाउँछन्…

गजल

बिचार गर सहयाेग गर्ने हात देखाउँछन्
फाइदा लुटेपछि अाफ्नाे अाैकात देखाउँछन्

हिजाेअाज फाइदा हेरेर जाेडिन्छ सम्बन्धहरु
हजारौं बाहना बनाउँदै फरक जात देखाउँछन्

अाजकल सम्बन्ध र ब्यापार उस्तै भएकाेछ
साेचेझैँ फाईदा भएन भने घात देखाउँछन्

बाेलीकाे मिठासले ढुङ्गा पनि पगाल्न सक्छन्
यसै गरी जिबनमा अाैँसीकाे रात देखाउँछन् ।।

पुष्कर खड्का रामेछाप

प्रतिक्रिया दिनुहोस