रामेछाप :- दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अक्सिजनको खालि सिलिन्डर लोड गर्ने क्रममा अाज दिउँसो १ बजेर ४० मिनेट जादा रोकेको ट्रकले ठक्कर दिदा चालक घाइते भएका थिय । घाइते परेका चालको उपचार गराउने क्रममा दिउँसो २ बजे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको दोलाखाका प्रहरी नायव निरिक्षक सेते तामाङले जानकारी दिनु भयो । ट्रकले किचेका चालक दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं ९ का ३५ बर्षीय बिजय तामाङको रहेका थिय। तामाङ भिमेश्वर नगरपालिका वडा नं ६ स्थित च्छोरोल्पा जनरल हस्पिटलको ना ५ ख ८८५८ नम्बरको ट्रकको अगाडिको चक्काले किचेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको थियोे । तामाङलाई सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा हस्पिटल अगाडि सोही हस्पिटलको खाली सिलिन्डर लोडगरि गाडीमा चढ्ने क्रममा ट्रकको अगाडिको टायरले किचेको दोलाखा प्रहरीको अनुमान रहेको छ । गाडीमा सहचालक पनि नभएको र रोकिरहेको गाडीमा अोत समेत नभएकोले चालक स्टरिङमा जान खोज्दा गाडि सडकको भित्तामा ठोकिनगई गाडिको अगाडिको टायरले च्यापेको दोलाखाका प्रहरी नायव निरिक्षक सेते तामाङले जानकारी दिनु भयो । मृतक तामाङको सव पोष्टमार्टमकालागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ।